भारतीय अभिनेत्री सुस्मिता सेनलाई हृदयाघात

भारतीय अभिनेत्री सुस्मिता सेनलाई हृदयाघात भएको छ । आफ्नो इन्स्टाग्राम एकाउन्टमा एक पोस्ट गर्दै उनले आफूलाई केही दिन अघि हृदयाघात भएको जानकारी दिएकी हुन् ।

उनले आफ्नो एन्जियोप्लास्टी भएको पनि उक्त पोस्टमा जनाएकी छिन् । आफ्ना सबै प्रशंसक सबैलाई आफ्नो मुटुलाई स्वस्थ्य र खुशी राख्न पनि उनले आह्वान गरेकी छिन् । हाल आफू स्वास्थ्यलाभ लिँदै गरेको र सकुशल रहेको उनले जनाएकी छिन् ।

४७ वर्षीया अभिनेत्री तथा मोडेल सेन मिस युनिभर्स बनेपछि बलिउडमा प्रवेश गरेकी थिइन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button