कम्प्युटर प्रणालीबाटै प्रवेश परीक्षा हुँदा काठमाडौँ जाने बाध्यता हट्यो

पश्चिमाञ्चल क्याम्पसमा कम्प्युटर परीक्षा प्रणालीको विधिमार्फत स्नातकोत्तर तहको प्रवेश परीक्षा सम्पन्न भएसँगै प्रवेश परीक्षा दिन मात्रै काठमाडौँ पुग्नु पर्ने बाध्यता हट्ने भएको छ ।

फागुन १८ गते पोखराको लामाचौरस्थित इन्जिनियरिङ अध्ययन संस्था पश्चिमाञ्चल क्याम्पसमा शैक्षिक वर्ष २०७९/०८० लागि सूचना प्रविधिको आधारमा कम्प्युटर परीक्षा प्रणालीको विधिमार्फत स्नातकोत्तर तहको जिओम्यटिक्स विषयको प्रवेश परीक्षा भएको हो ।

यो पटक जिओम्यटिक्स विषयमा स्नातकोत्तर तह अध्ययन गर्न चाहने विद्यार्थीका लागि उक्त परीक्षा केन्द्रमा यस्तो व्यवस्था मिलाईएको जानकारी क्याम्पसका क्याम्पस प्रमुख ई. निर्मल प्रसाद बरालले जानकारी गराए ।

उनले आगामी दिनमा स्नातक तथा स्नातकोत्तर तहका अन्य विषयहरू अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि पनि पश्चिमाञ्चल क्याम्पसमा प्रवेश परीक्षा दिन मिल्ने व्यवस्था गराउने गरी आवश्यक प्राविधिक तयारी पनि पुरा भएको जानकारी दिए ।

ई. अ. सं अन्तर्गतका आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरुमा अध्ययन गर्न चाहाने विद्यार्थीले प्रवेश परीक्षा दिन यस अघि काठमाडौँ नै धाउन पर्ने बाध्यता हट्ने भएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button