पोखराको फेवातालमा डुङ्गा पल्टिदा एकको मृत्यु

पोखरा, २० फागुन । पोखराको फेवातालमा डुङ्गा पल्टिदा एक महिलाको ज्यान गएको छ । शनिबार अपराह्न  ४ बजे भएको घटनामा पोखरा -१ बगर निवासी ७० वर्षीया याम माया गिरीको ज्यान गएको हो ।

डुङ्गा पल्टिएपछि गम्भीर अवस्थामा उद्धार गरिएकी गिरीलाई हस्पिटल लगिएकोमा चिकित्सकले उपचारको क्रममा मृत घोषणा गरेको कास्की प्रहरी प्रवक्ता डिएसपी ​श्रवण कुमार विकले जानकारी दिए।

वडा प्रहरी कार्यालय बैदामका प्रहरी प्रमुख, डिएसपी वेद जोशीका अनुसार  शनिबार अचानक आएको हावाहुरीका कारण ६ जना सवार डुङ्गा पल्टिएकोमा अन्य ५ जना सकुशल रहे पनि डुङ्गा मुनि परेकी गिरीलाई गम्भीर अवस्थामा उद्धार गरिएको थियो ।

डिएसपी जोशीले भने, ‘डुंगामा एकै परिवारका  छ जना सवार रहेकोमा अन्य पाँच जना सकुशल हुनुहुन्छ । डुंगाको मुनि पर्नुभएकी याम माया गिरीलाई प्रहरीसहितको टोलीले गम्भीर अवस्थामा उद्धार गरेर हस्पिटल लगेको हो। ’  डुंगामा  सवार पाँच जनालाई सामान्य अवस्थामा उद्धार गरिएको हो ।

शनिबार नै तालमा कायाक गरेका चार जना समेत दुर्घटनामा परेका थिए ।  उनीहरूलाई एपीएफको टोलीले तत्कालै सकुशल उद्धार गरेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button