ओखलढुंगाको दियालेमा जीप दुर्घटना, दुई जनाको मृत्यु

ओखलढुंगाको चिसङ्खुगढी नगरपालिका-३ दियालेमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

आइतबार बिहान दियालेबाट ओखलढुंगा सदरमुकामतर्फ जाँदै गरेको ना १ ज ८४७३ नम्बरको बोलेरो जीप दुर्घटनाग्रस्त भएको हो । घटनामा चिसंखुगढी नगरपालिका-३ घर भएका भक्तबहादुर थापा र मिनबहादुर श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनामा अन्य ११ जना घाइते भएका छन् । घाइतेहरूको थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौँ ल्याइदैछ ।घटना पछि प्रधानमन्त्री पुष्पकमल दाहालले दुर्घटनाप्रति दुख व्यक्त गर्दै घाइतेहरूलाई तत्काल सेनाले हेलिकप्टरमार्फत् उद्धार कार्य अघि बढाएको जानकारी दिएका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button