पोखराका मेयरमाथि वडाध्यक्षले उठाए मानवीयताको प्रश्न

पोखरा, २१ फागुन ।  पोखरा महानगरका मेयर धनराज आचार्यमाथि एक वडाध्यक्षले मानवीयताको प्रश्न उठाएका छन्। आइतबार एक फेसबुक स्टाटस लेख्दै पोखरा महानगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष देवकृष्ण पराजुलीले मेयर आचार्यमाथि मानवीयता छ कि छैन ? भनेर प्रश्न गरेका हुन् ।

उनले अमूर्त स्टाटस लेखेपछि धेरैले विषय स्पष्ट पार्न अनुरोध गरेका छन् । विषयमाथि प्रष्ट पार्दै वडाध्यक्ष पराजुलीले लेखेका छन् – ‘मेयरको मनखुशी आफूले चाहे बालुवामा पानी हालन तयार महानगरको नगरसभा सदस्यको दुःखद निधन हुँदा मुखले ठिक्क मात्र ? हिजो हामीले नै झण्डा बोकेर आज सत्तामा पु¥याएको बरदानको बदला अभिषाप बन्न पुग्यो ।

पराजुलीको यो गुनासो आफ्ना वडा सदस्य सञ्जयकुमार श्रेष्ठको निधन भएपछि अभिभावकीय जिम्मेवारी पूरा नभएपछिको हो । वडासदस्य श्रेष्ठको गत १४ फागुनमा निधन भएको थियो । सोहि दिन महानगरले वडा नंं ४ कार्यालय एक दिन पूरै र अन्य वडा तथा महाशाखाहरु दिउँसो १ बजेपछि शोकसभा गरी बन्द गर्ने निर्णय गरेको थियो । तर, अध्यक्ष पराजुलीले दिवंगत भएका सदस्य श्रेष्ठको शोकसन्तप्त परिवारलाई आर्थिक सहयोगको खाँचो औंल्याएका छन् ।

आम पोखरेलीलाई साक्षी राख्दै मेयरलाई मिडियाबाटै ध्यानाकर्षण गराउन आवश्यक भइसकेको भन्दै उनले हामीसँग व्यक्त गरेको भनाई जस्ताको तस्तैः

‘मेरो वडा सदस्य सञ्जय कुमार श्रेष्ठको दुःखद निधन पछि अभिभावकबाट जिम्मेवारी पूरा नभएपछि मलाई चोट परेरै आज यसरी लेख्न बाध्य भएको हूँ । मेयरसँग मानवीय संवेदना देखिएन । हाम्रै गठबन्धनबाट हामीले नै झण्डा बोकेर जिताएका हौँ । त्यसैले पनि यति भन्न हामीले सक्छौँ । हाम्रा वडा सदस्य बितेका बेला नै विशेष नगरसभा पनि बस्यो । मैले पनि मेयरसाबलाई भनेँ । काजकिरिया खर्च आवश्यक छ । उहाँको घरको आर्थिक अवस्था अत्यन्त दयनीय छ । मैले यो कुरा भन्दा ए गर्न पर्छ र ? भनेजस्तो गर्नुभयो । आफै शोकसभामा सहभागी हुनुभएको, बुझ्नुभएको मान्छे राजनीतिक हिसाबले हेर्नुभयो कि जस्तो मलाई लाग्छ । समग्र महानगरको अभिभावको भूमिका भएन भन्ने मलाई लागेको हो ।

पहिले वडाका कर्मचारीको छोरा बित्दा ५,७ लाख रुपैंया हामीले नै निर्णय गरेका दिएका छौं । शहिद भिमसेन दाहालको छोरा पढाउने भनेर निर्णय गर्न सक्ने मेयरले आफ्नै जनप्रतिनिधि बित्दै गर्दा, आर्थिक अवस्था कमजोर भएको बेला पनि काजकिरिया खर्च दिन पनि चासो देखाउनुभएन । नगरसभा चलेका बेला बितेको २ दिन भएको थियो । त्यहाँ पनि केही भएन । कार्यपालिका बैठक पनि बस्नुभएन । उहाँ मौन हुनुभयो । उहाँ सहयोगका लागि तयार हुनुभएन भन्ने कुरा हो ।’

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button