आजको मौसम : हावाहुरीको सम्भावना रहेकाले सतर्कता अपनाउनु पर्ने

जल तथा मौसम विज्ञान विभागले आज लुम्बिनी प्रदेशका तराईका केही जिल्लामा हावाहुरीको सम्भावना रहेकाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।

विभागको मौसमी बुलेटिन अनुसार अहिले बिहानीपख देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ । आज दिउँसो कोशी प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

यसैगरी लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरूमा हावा हुरीको सम्भावना रहेको छ ।  आज राति कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भूभागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ । विभागका अनुसार आज राति कोशी प्रदेश र गण्डकी प्रदेशका उच्च  पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना पनि रहेको छ ।

विभागले पहाडी भूभागका एक-दुई स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउनु पर्ने बताएको छ । यसैगरी तराईका केही जिल्लामा आउन सक्ने हावाहुरीलगायत मौसम सूचना तथा पूर्वानुमानमा अद्यावधिक रहन पनि विभागले अनुरोध गरेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button