पुष्पकमल दाहालविरुद्धको रिट भयो सर्वोच्चमा दर्ता

प्रधानमन्त्री पुष्पकमल दाहालविरुद्धको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ । मङ्गलबार दर्त भएको रिटको पेशी शुक्रबारका लागि तोकिएको छ ।

सर्वोच्च प्रशासनले दरपीठ गरिदिएको रिटलाई पछि सर्वोच्चका न्यायाधीशद्वय ईश्वर खतिवडा र हरिप्रसाद फुयालको इजलासले दर्ता गर्न आदेश दिएको थियो । सोही आदेश पछि रामेछापका ज्ञानेन्द्रराज आरणसहितले एउटा रिट र कल्याण बुढाथोकीसहितले प्रम दाहालविरुद्ध अर्को रिट दर्ता गराएका हुन् ।

सर्वोच्चमा मुद्दा दर्ता भएपछि तत्कालीन माओवादी घटक नेताहरु आज वार्तामा रहेका छन् । प्रम दाहाल, बाबुराम भट्टराई, सीपी गजुरेल, खड्कबहादुर विश्वकर्मालगायतका नेता सहभागी बैठकमा पार्टी एकताको प्रस्ताव गरिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button