मुस्ताङमा हिमपात र वर्षा

हिमाली जिल्ला मुस्ताङमा यो वर्ष भने पहिलोपटक हिउँ परेको छ । जिल्लाको लोमान्थाङलगायत उप्पलो मुस्ताङको भेगमा बुधबार बिहानैदेखि हिमपात भएको हो ।

वर्षभरि हिमपात नहुँदा पर्यटकीयलगायत कृषि गतिविधि प्रभावित परेकोमा बुधबार परेको हिउँले पर्यटक आवागमन बढाउन तथा कृषि उब्जनीलाई फाइदा पुर्याउने स्थानीयले विश्वास लिएका छन् । हिमपात हुँदा आलुखेती र स्याउखेतीलाई राम्रो फाइदा पुर्याउने कृषि विज्ञहरुको भनाई छ ।

लोअर मुस्ताङमा भने हिउँ पर्ने र रोकिने भइरहेको मुस्ताङ एयरपोर्ट नजिकै रहेको होटल अन्नपूर्ण एन्ड थकाली किचनका सञ्चालक रोबिन बानियाँले जानकारी दिए । अहिले फाट्टफुट्ट हिउँसँगै वर्षा भइरहेको उनले पोखरान्यूजलाई जानकारी दिए । बानियाँका अनुसार अहिले मुस्ताङमा अन्तर्राष्ट्रिय भन्दा स्थानीय पर्यटक धेरै आउने गरेका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button