आज देशभरिको मौसम सामान्यतया सफा रहने

जल तथा मौसम विज्ञान विभागले आज देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेपनि मौसम सामान्यतया सफा रहने जनाएको छ ।

विभागको मौसमी बुलेटिन अनुसार अहिले बिहानीपख सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक देखी सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ । आज दिउँसो सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिक देखी सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ ।

यसैगरी देशका पहाडी भूभागका एक-दुई स्थानमा  मेघ गर्जन र चट्याङ्ग सहित क्षणिक हल्का वर्षाको सम्भावना रहेको छ भने देशका उच्च  पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ । विभागका अनुसार आज राति गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका साथै बाँकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

विभागले कोशी प्रदेश र गण्डकी प्रदेशका  उच्च  पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको आवश्यक सतर्कता अपनाउनु पर्ने बताएको छ । यसैगरी केही जिल्लामा आउन सक्ने हावाहुरीलगायत मौसमका सूचना तथा पूर्वानुमानमा अद्यावधिक रहन पनि विभागले अनुरोध गरेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button