शुरु भयो राष्ट्रपति निर्वाचन : को बन्ला देशको तेस्रो राष्ट्रपति ?

राष्ट्रपति चयनका लागि अहिले बिहान १० बजेबाट निर्वाचन शुरु भएको छ ।

अपरान्ह ३ बजेसम्म नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा हुने मतदानमा संघीय र प्रदेशतर्फका ८ सय ४२ सांसदले मतदान गर्नेछन् । मुलुकको तेस्रो राष्ट्रपति चयनका लागि नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा एमालेका नेता सुवास नेम्वाङबीच प्रतिस्पर्धा हुँदैछ । निर्वाचनका लागि संघ र प्रदेश सांसदका लागि छुट्टाछुट्टै मतभारसहितको मतपत्र तयार गरिएको छ जसअनुसार संघीय सांसदको प्रति मतभार ७९ रहेको छ भने प्रदेश सांसदको मतभार ४८ रहेको छ ।

कुल ५२,७०७ मतभारको निर्वाचनमा जीतका लागि २६,३५४ मतभार आवश्यक रहेको छ । मतदान पछि आज नै ४ बजेदेखि मतगणना सुरु गरेर साँझ ७ बजेसम्म परिणाम घोषणा गर्ने तयारी निर्वाचन आयोगको छ । राष्ट्रपतिको निर्वाचन सम्पन्न भएपछि यही चैत ३ गते उपराष्ट्रपतिको निर्वाचन हुनेछ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button