च्याम्पियन्स लिग : पिएसजी बाहिरियो, बायर्न र एसी मिलान क्वाटरमा

च्याम्पियन्स लिग अन्तर्गत गए रातिका खेलबाट बायर्न म्युनिख र एसी मिलान क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

जर्मनीको बायर्न म्युनिखले फ्रान्सको पिएसजीलाई घरेलु मैदानमा २-० गोलअन्तरले हराउँदै क्वाटरमा स्थान पक्का गरेको हो । बायर्नको जीतमा सर्जी नाब्री र जेन एरिक म्याक्सिम चुपो-मोटिङले एक-एक गोल गरे । यसअघि पेरिसको घरेलु मैदानमा भएको खेलमा पनि बायर्न १-० गोलअन्तरले विजयी भएको थियो । दुई खेलमा बायर्नले समग्रमा ३-० को जीत हासिल गर्यो ।

हिजै राति भएको अर्को खेलमा इटालीको एसी मिलानले इङ्गल्यान्डको टोटेनहम हटस्पर्सलाई गोलरहित बराबरीमा रोक्दै क्वाटरफाइनलको यात्रा तय गरेको छ । पहिलो लेगमा १-० को जीत निकालेको मिलानलाई सोही जीत अघि बढाउन पर्याप्त रह्यो । हिजोको खेलमा टोटेनहम अन्तिम १५ मिनेट १० खेलाडीमा सीमित भएको थियो । तर दुवै पक्षले जुनै गोल गर्न सकेनन् र समग्रमा १-० गोलअन्तरको जीत हात पार्दै मिलान अघिल्लो चरणका लागि छनोट भएको हो ।

प्रतियोगिताअन्तर्गत हिजो भएका खेलहरुमा जीत हासिल गर्दै इङ्गल्यान्डको चेल्सी र पोर्चुगलको बेन्फिकाले पनि अन्तिम आठमा स्थान बनाइसकेका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button