कास्कीका पालिकाहरूको वित्तिय सुशासन जोखिम मूल्यांकनको नतिजा सार्वजनिक

कास्कीका पालिकाहरूको वित्तिय सुशासन जोखिम मूल्यांकनको नतिजा सार्वजनिक गरिएको छ ।

जिल्ला समन्वय समिति कास्कीले आर्थिक बर्ष २०७८-२०७९को कास्कीका पालिकाहरूको बित्तिय सुशासन जोखिम मूल्यांकनको नतिजा सार्बजनिक गरेको हो । नतिजा अनुसार अन्नपूर्ण गाउँपालिकाले ७०,रुपागाउँपलिकाले ६४.५ ,माछापुच्छ्रे गाउँपालिकाले ५४,मादी गाउँपालिकाले ५३ र पोखरा महानगरपालिकाले ४३ अङ्क प्राप्त गरेका छन् ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

गत सोमबार एक विशेष सार्वजनिकिकरण कार्यक्रमको आयोजना गरि सो नतिजा सार्बजनिक गरिएको थियो । सो मुल्यांकनको कार्यविधि अनुसार विभिन्न ११८ वटा सुचकलाइ आधार बनाएर कुल १०० पुर्णाङ्कमा मुल्यांकन गरिएको थियो । सार्वजनिकिकरण कार्यक्रम लगत्तै आयोजित समिक्षा कार्यक्रममा जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले नेपालमा नै पहिलो पटक औपचारिक कार्यक्रम आयोजना गरेर नतिजा सार्बजनिक गरिएको भन्दै सबै क्षेत्रमा कास्कीका पालिकाहरूको कार्य सम्पादनको स्तर वृद्धिमा ध्यान केन्द्रित गर्न आग्रह गरे ।

पौडेलले समृद्ध कास्कीका लागि सबै राजनितीक दल ,जनप्रतिनिधि र कर्मचारीहरूको बराबर भुमिका रहने हुँदा युद्धस्तरमा वित्तीय सुशासनका काममा खटिन आग्रह गरे ।
समीक्षा कार्यक्रममा गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक ऋषिराम पाण्डे , मुख्य मन्त्री तथा मन्त्री परिषद कार्यालय गण्डकीका उप सचिव रमेश घर्ती, प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालय गण्डकीका प्रमुख किशोरकुमार श्रेष्ठ ,कोष तथा लेखा नियन्त्रण कार्यालय कास्की प्रमुख केशवराज ढकाल सहित जिल्ला समन्वय अधिकारी नबराज बराल , माछापुच्छ्रे गाउँपालिकाकी उपप्रमुख सीता अधिकारीलगायतले बित्तिय सुशासनका बिना सुशासनको कल्पना पनि गर्न नसकिने बताएका थिए ।

उनीहरुले सुशासन विना विकास असम्भव हुने हुँदा वित्तीय सुशासनका उत्कृष्ट बनाउन पालिकाका सबै शाखा र कर्मचारी सहित जनप्रतिनिधिहरूको भुमिका महत्त्वपूर्ण हुने उल्लेख गरे । कार्यक्रममा कास्कीका पालिकाका जनप्रतिनिधि ,प्रमुख प्रशासकीय अधिकृत सहित सो विषय सम्बन्धित फोकल पर्सन कर्मचारीहरूको उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button