पोखरामा लेखन कार्यशाला

पोखरा, २७ फागुन । पोखरामा चार दिवसीय लेखन कार्यशाला कार्यक्रम सम्पन्न भएको छ । पोखरा गैह्रापाटनको बुकमार्टमा यही फाल्गुण २४ देखि २७ गतेसम्म सञ्चालित उक्त कार्यक्रमको आयोजना नौलो बहसले गरेको हो ।

पुस्तक परिचर्चा लगायतका साहित्यिक गतिविधि गर्दै आएको सो संस्थाले यसपटक लेखनमा रुचि भएका नवोदित स्रष्टाहरुलाई लक्षित गर्दै कार्यशाला आयोजना गरेको आयोजक संस्थाका सह-संयोजक अनुज कुलुङले बताए ।

व्यावसायिक एवं सिर्जनात्मक लेखनका विविध विषयहरु सो कार्यशालाको सूचीमा समेटिएको थियो । लेखन र पठन संस्कृतिका सम्बन्धमा केही नयाँ काम गरौँ भन्ने उद्देश्यले आयोजना गरिएको सो कार्यशाला आगामी दिनमा पनि जारी रहने कुरा कुलुङले बताए ।

रुचि हुँदैमा लेख्न सजिलो छैन ।लेखनमा हुन सक्ने गल्ती र त्यसबाट जोगिने तरिकाहरु, लेखनलाई प्रभावकारी बनाउने सूत्रहरु, स्तरीय लेखनका लागि के कस्ता उपाय अपनाउन सकिन्छ आदि विषयहरु कार्यशालाबाट सिक्न पाएको कुरा सहभागीहरुले बताए । यस्तै, लेख्न शुरु गरेका र लेख्न चाहनेहरुका लागि यस्तो कार्यशाला अत्यन्त फलदायी हुनेपनि उनीहरुले बताए ।

२५ जना प्रशिक्षार्थीलाई सहभागी गराइएको सो कार्यशालाको सहजीकरण लेखक दीपक पराजुलीले गरेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button