पोखरा महानगरको न्यायिक समितिमा साँध-सिमाना र जग्गा खिचलोका विवाद बढी

पोखरा, ०६ चैत  । पोखरा महानगरपालिका र घोराही उपमहानगरपालिकाको न्यायिक समिति वीच अनुभव आदान प्रदान भएको छ ।

घोराही उपमहानगरपालिकाका उपप्रमुख हुमकुमारी डि.सीको नेतृत्वमा आएको न्यायिक समितिले पोखरा महागनरका उपप्रमुखसंग भेट गदै न्याय सम्पादनबारे अनुभव आदान प्रदान गरे । टोलीमा घोराही उपमहागनरपालिका प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरे, वडा सदस्य राजिवराज हौजलि, धर्मराम चौधरी, मोहनराज आचार्य, लक्ष्मण अधिकारी, उपेन्द्र अंगेलि, ओमप्रकाश बस्तेत, गोपाल खड्का, तारा पुरी सहभागी थिए ।

पोखरा महानगरपालिका उपप्रमुख एवं न्यायिक समिति संयोजक मञ्जुदेवी गुरुङसंग पोखरा महानगरपालिका र किर्तिपुरले न्याय सम्पादनमा भैरहेका असल अभ्यास, समस्या र चुनौती बारे छलफल गर्दै अनुभव आदान प्रदान गरेका हुन् ।

भेटमा उपप्रमुख गुरुङले महानगरले न्यायिक समितिमा आउने विवादका प्रकृति, विवादको अवस्था लगायत समग्र महानगरका विषयमा जानकारी गराइन् ।

पोखरा महानगरमा विवादको अवस्था हेर्दा मानाचामल, जग्गा खिचलो, ज्येष्ठ नागरिकलाई लालनपोषण नगरेको साँध सिमाना मिचेको लगायतका विवाद बढि आउने गरेको उनले बताइन । उनले विवाद समाधानका लागि वडाहरुमा मेलमिलाप केन्द्र स्थापना, मेलमिलापकर्ताको सुचिकृत लगायतका बारेमा जानकारी गराएकी थिइन ।

पोखरा महानगरको न्यायिक समितिको अध्ययन अवलोकनका क्रममा भएको भेटमा पोखरा महानगर न्यायिक समितिका सदस्य भावना श्रेष्ठ र समितिका अभिलेख संरक्षक राममणी अधिकारी सहभागी हुनुहुन्थ्यो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button