पोखरा रङ्गशालामा आज नेपाल रोड रेसिङ च्याम्पियनसिप हुँदै

पोखरा रङ्गशालामा आजदेखि नेपाल रोड रेसिङ च्याम्पियनसिप हुँदैछ ।

आज र भोलि गरि दुई दिनसम्म आयोजना हुने बाइक रेस प्रतियोगितामा देशभरिबाट प्रतियोगीहरु सहभागी भएका छन् । प्रतियोगिताअन्तर्गत आज पहिलो दिन क्वालिफाइङ रेस हुने आयोजकले जनाएको छ । शुक्रबार मध्यान्ह १:१५ बजे देखि एक घण्टासम्म छनोट चरणको रेस हुनेछ । आजको क्वालिफाइङ राउण्डबाट छनोट भएका राइडरहरु भोलि दोस्रो रेसमा प्रतिस्पर्धा गर्नेछन् ।

यामाहाको आरवानफाइभ सिरिजले आयोजना गरेको प्रतियोगिताको स्पोन्सरमा एमआई, क्यास्ट्रोल एक्टिभो, पेट्रोनासलगायत रहेका छन् । इभेन्टअन्तर्गत बाइक स्ट्ण्ट सो पनि आयोजना गर्ने कार्यक्रम रहेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button