ठिटो झापाको’मा गायक आशिषसँग रोमान्टिक बनिन् शनिशा

काठमाडौं, १५ चैत। गायक आशिष सचिनको ‘ठिटो झापाको’ बोलको गीतको भिडियो रिलिज गरिएको छ ।

गायक सचिनसँगै गायिका अनु चौधरीको स्वर रहेको सार्वजनिक गीतमा शब्द तथा संगीत सन्तोष सुनुवारको रहेको छ ।

पर्यटकीय नगरी इलाम र झापामा छायांकन गरिएको सार्वजनिक गीतमा गायक सचिनसँगै मोडल शनिशा भट्टराइको अभिनय देख्न सकिन्छ ।

गहिरो प्रेममा परेको एक प्रेमील जोडीको रोमान्टिक प्रेम कहानीलाई निर्देशक शान थापाले कलात्मक शैलीमा भिडियोमा देखाएका छन् ।

जसमा प्रेमीकाले आफ्नो प्रेमी आफ्ना लागि बानी परीसकेका कारण छाड्न नसक्ने बताउँछिन् ।

अनिल के मानन्धरको छायांकन तथा सुप्रिम पराजुलीको सम्पादन रहेको सार्वजनिक गीतको भिडियो ओएसआर डिजिटलले निर्माण गरेको हो ।

गायक सचिनका ‘दारी फुल्यो बैंसैमा’ ‘एक कान दुई कान मैदान’, ‘गलबन्दी पछ्यौरी’, ‘ए मुना’लगायतका गीत लोकप्रिय छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button