सत्ता गठबन्धनमा मिल्यो भागबन्डा, भोलि मन्त्रिपरिषदले पूर्णता पाउने

काठमाडौं, १५ चैत । सत्ता गठबन्धन दलमा भागबन्डा मिलेको छ ।  प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको सत्तागठबन्धनको बैठकले भागबन्डा मिलाएको हो ।

जसअन्तर्गत नेपाली कांग्रेसले आठ मन्त्रालय पाउने भएको छ ।  यस्तै नेकपा माओवादी केन्द्रले प्रधानमन्त्रीसहित पाँच मन्त्रालय पाउने भएको छ । साथै माओवादीले थप एक राज्यमन्त्री पनि पाउने भएको छ ।

त्यस्तै एकीकृत समाजवादी र जनता समाजवादीले दुई/दुई मन्त्रालय पाउने भएका छन् ।  यस्तै नागरिक उन्मुक्ति पार्टी, बाबुराम भट्टराईको नेपाल समाजवादी पार्टी र प्रभु शाहले एक/एक मन्त्रालय पाएका छन् ।

यस्तै सिके राउतको जनमत पार्टीले एक मन्त्री र राज्यमन्त्री गरी दुई पाउने भएका छन् ।  एक राज्यमन्त्रीबारे भने अझै टुंगो लागेको छैन ।

मन्त्रालयको संख्यामा टुंगो लागेपनि कुन दलले कुन मन्त्रालयको जिम्मेवारी पाउने भन्नेबारे  थप छलफल गरेर टुंगो लाग्ने बैठकमा सहभागी एक नेताले बताए । उनका अनुसार मन्त्रालयको टुंगो लगाएर भोलि नै मन्त्रिपरिषद बिस्तार गर्ने सहमति  समेत  बैठकमा भएको छ ।

प्रधानमन्त्री प्रचण्डले थोरै संख्यामा मन्त्री सहभागी गराएर आजै मन्त्रिपरिषद बिस्तार गर्ने तयारी गरेको भएपनि कांग्रेसका सभापति शेरबहादुर देउवाले एकैपटक मन्त्रिपरिषद् बिस्तार गर्ने भनेपछि भोलिका लागि सहमति जुटेको उनको भनाई छ ।

प्रधानमन्त्री प्रचण्डले  आज प्रमुख सत्ता साझेदार दलहरुबाट कम्तिमा एक/एक जनाको  नाम मागेका थिए । जस अनुसार, एकीकृत समाजवादीले  सरकारमा एक मन्त्री पठाउने निर्णय गरेको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button