मनाङमा ट्रेकिङका क्रममा भीरबाट खसेका पर्यटकको उद्धार

ट्रेकिङका क्रममा मनाङमा भीरबाट खसेका पर्यटकको उद्धार गरिएको छ ।

मनाङको नासोँ गाँउपालिका-२ खोत्रो भिरबाट २०० मिटर तल खसेका चिनिँया पर्यटक झाङ गोकाइको नेपाल प्रहरी टोलीले स्थानीयवासीको सहयोगमा उद्धार गरेको हो । मर्स्याङदी नदी किनारमा रहेको गोरेटो बाटोमा हिड्ने क्रममा उनी बाटोबाट तल खसेका थिए । घटनाको सुचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय मनाङ चामेबाट खटिएको प्रहरी टोलीले निजको उद्धार गरि प्राथमिक उपचार गरेको थियो ।

घाइतेको स्वास्थ्य अवस्था गम्भीर भएकाले उपचारको लागि स्वास्थ्य चौकी ताल हुँदै लमजुङको बेसिशहर लगिएको छ । घटनास्थलमा प्रहरी टोली खटि गई थप अनुसन्धान भईरहेको जनाइएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button