पोखरा, १२ जेठ । सञ्जीवनी दिदी बहिनी केन्द्र, नेपाल पोखराले तनहुँका १० जना विद्यार्थीहरूलाई छात्रवृत्ति, शैक्षिक सामग्री, पोशाक वितरण वितरण गरेको छ । तनहुँको घिरिङ गाउँपालिका र ऋषिङ गाउँपालिकाका दुई विद्यालयका विद्यार्थीहरूलाई आज विद्यालयमा एक कार्यक्रमको आयोजना गरेर छात्रवृत्ति, शैक्षिक पोशाक वितरण गरेको हो ।
तनहुँको घिरिङ गाउँपालिकास्थित महेन्द्रोदय माध्यमिक विद्यालयका ७ र कामधेनु माविका ३ जना छात्राहरूलाई छात्रवृत्ति, शैक्षिक पोशाक वितरण गरेको सञ्जीवनी दिदी बहिनी केन्द्र नेपालका अध्यक्ष बिना गुरुङले बताइन् ।
छात्रवृत्ति तथा शैक्षिक सामग्री वितरण कार्यक्रममा बोल्दै सञ्जीवनी दिदी बहिनी केन्द्र नेपालका अध्यक्ष बिना गुरुङले आर्थिक अवस्थाका कारण आफ्नो अध्ययनलाई निरन्तरता दिन नसकेका विद्यार्थीहरूलाई आर्थिक सहयोग गर्ने लक्ष्य लिएको बताइन् ।
‘नेपाल सरकारले मावि तहसम्म निःशुल्क शिक्षा घोषणा गरे तापनि आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरुमाँझ निःशुल्क शिक्षा पुग्न सकेको छैन, अध्यक्ष गुरुङले भनिन्, ‘आर्थिक अवस्था कमजोर भएका दिदी बहिनीका छोरी बुहारीहरूलाई शिक्षाबाट वञ्चित हुन नदिन विभिन्न जिल्लाका विद्यालयहरूमा सहयोग गदै आएका छौ ।’
उनले आर्थिक अवस्था कमजोर भएका कारण शैक्षिक सामग्री, पोशाक किन्न नसकेका विद्यार्थीहरूलाई सहयोग गर्दै आएका छौँ । ‘संस्थाले आर्थिक अवस्था कमजोर भएका कारण अध्ययनलाई निरन्तरता दिन नसकेका विद्यार्थीहरूलाई शैक्षिक सामग्री, पोशाक किन्न सहयोग पुर्याउने उद्देश्यले विद्यार्थीहरूलाई सहयोग गर्दै आएका छौँ ।’ उनले भनिन् ।
संस्थाका अध्यक्ष गुरुङका अनुसार २०७६ सालमा १३ जना दिदीबहिनीको सक्रियतामा कुनै पनि छोरी बुहारीहरूलाई शिक्षाबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्य लिएर संस्था सञ्चालनमा ल्याएको बताइन् ।
संस्थाले शुक्रबार तनहुँको दुई विद्यालयका १० जना विद्यार्थीहरूलाई जनही रु १० हजार छात्रवृत्तिसँगै शैक्षिक सामग्री र पोशाक वितरण गरेको हो । तनहुँसँगै संस्थाले पर्वतमा ७ जना, मुगुमा ८ जना, पोखरामा १ जना विद्यार्थीहरूलाई छात्रवृत्तिसँगै शैक्षिक सामग्री पोशाक वितरण गर्ने संस्थाका कोषाध्यक्ष लक्ष्मी गुरुङले जानकारी दिइन ।
छात्रवृत्ति वितरण कार्यक्रममा बोल्दै महेन्द्रोय माविका प्रधानाध्यापक दुर्गाबहादुर क्षेत्रीले विभिन्न संघसंस्थाले आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरूलाई सहयोग गर्दा बिचैमा अध्ययन छोड्न बाध्य भएको बताए ।
‘विद्यार्थीहरूको परिवारको आर्थिक अवस्था कमजोर हुँदा बिचैमा अध्ययन छोड्ने गरेका छन्, तर विभिन्न संघसंस्थाले विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण गर्दा विद्यार्थीहरूलाई अध्ययन गर्ने अवसरमा सहयोग पुगेको छ ।’
१३ जना दिदीबहिनीको सक्रियतामा सञ्चालन भएको सञ्जीवनी दिदीबहिनी केन्द्र नेपालको कार्य योजनामा विभिन्न व्यक्तित्वहरूले सहयोग गरेका छन् । संस्थामा ३३ जना दिदीबहिनी आजीवन सदस्य रहेका छन् भने, ३० जनाले जनही एक लाखको अक्षयकोष निर्माण गरेका छन् ।
अक्षयकोषको व्याजबाट वार्षिक रूपमा ३० जना आर्थिक अवस्था कमजोर भएका र जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्ति र शैक्षिक सामग्री वितरण तथा पोशाक वितरण गर्दै आएको छ । कार्यक्रममा सञ्जीवनी दिदीबहिनी केन्द्र नेपालका सह कोषाध्यक्ष दिलमाया प्रजापति, विभागीय संयोजक द्वय नानीकमला गुरुङ र बिन्दुमाया गुरुङको सहभागिता रहेको थियो ।
तनहुँको घिरिङ गाउँपालिकास्थित महेन्द्रोय माविमा भएको छात्रवृत्ति वितरण कार्यक्रम सञ्जीवनी दिदीबहिनी केन्द्र नेपालका अध्यक्ष बिना गुरुङको अध्यक्षता, कोषाध्यक्ष लक्ष्मीदेवी गुरुङको स्वागत र सदस्य गीमाया गुरुङको सञ्चालनमा सम्पन्न भएको थियो ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution