पोखरा, १२ जेठ । नेपाली काङ्ग्रेस गण्डकी प्रदेश संसदीय दलको उपनेतामा विन्दुकुमार थापा मनोनयन भएका छन् ।
उनलाई नेपाली काँग्रेस संसदीय दलका नेता एवम् गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शुक्रबार मनोनयन गरेका हुन् ।
२०७९ को आमनिर्वाचनमा कास्की क्षेत्र नं. २(२) बाट प्रदेश सभा सदस्यमा निर्वाचित थापा यसअघि कृष्ण चन्द्र नेपाली पोखरेल नेतृत्वको सरकारमा कानुन,संचार तथा प्रदेश सभा मामिला मन्त्री थिए ।
थापालाई नेपाली काङ्ग्रेस प्रदेश सभा संसदीय दलको विधान २०७४ को धारा ६ को उपधारा ६ बमोजिम दलको उपनेतामा मनोनयन गरिएको जनाइएको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution