पोखरा, १३ जेठ । डिभाइन यूथ क्लब नेपाल कास्कीको आयोजनामा शनिवार पोखरा न्युरोड स्थित गिरि कम्प्लेक्स अगाडि खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
श्यामाश्याम सत्संग केन्द्र न्युरोड पोखराको ११ औँ वार्षिकोत्सवको अवसरमा नेपाल रेडक्रस सोसाइटी पोखराको प्राविधिक सहयोगमा सञ्चालित रक्तदान कार्यक्रममा ५५ जना रक्तदाताबाट ५५ युनिट रगत संकलन भएको क्लबले जनाएको छ ।
कार्यक्रममा प्रमुख अतिथि, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका फिजिसियन डा. शरद चन्द्र बरालले डिभाइन यूथ क्लबमा आबद्ध युवाहरूले विभिन्न प्रकारका सेवा कार्य गरेको देख्दा आफू निकै उत्साहित भएको बताउँदै रक्तदानको महत्त्वबारे प्रकाश पारेका थिए ।
युआरएल पोखराका निर्देशक ठाकुर प्रसाद पन्त पन्तले डिभाइन यूथ क्लबसँग युआरएलले सहकार्य गर्दै आएको र क्लबको सेवा कार्यबाट आफूहरूलाई पनि न उत्प्रेरणा मिलेको स्मरण गर्दै र सामाजिक सेवा कार्यको सबैले अनुकरण गर्नुपर्ने बताए ।
डिभाइन यूथ क्लब कास्कीका संयोजक सुक बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन क्लबका सदस्य वर्षा खतिवडाले गरेकी थिइन् । क्लबका सदस्य रुद्र मणि ढकालले कार्यक्रम स्वागत मन्तव्य राखेका थिए ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution