पोखराको सिमसार क्षेत्रबाट टिपरसहित ७ जना पक्राउ

पोखरा, १३ जेठ । प्रहरीले पोखराको पामे क्षेत्रबाट सात जनालाई नियन्त्रणमा लिएको छ ।

शनिबार दिउसो सिमसार क्षेत्रमा निर्माण कार्यमा प्रयोग भएको एक टिपर र स्थानीयका साथमा संलग्न व्यक्ति गरी सात जनालाई नियन्त्रणमा लिइएको कास्की प्रहरीले जनाएको छ ।

प्रहरीले पक्राउ परेका व्यक्तिहरूको विवरण भने खुलाएको छैन ।

शनिबार दिउसो सिमसार क्षेत्रमा पुगेको पोखरा महानगरपालिकाको गाडीलाई नै नियन्त्रणमा लिएर विवाद सिर्जना गरेको जानकारी आएपछि उनीहरूलाई पक्राउ गरिएको कास्की प्रहरी प्रवक्ता, डिएसपी श्रवणकुमार विकले जानकारी दिए ।

सिमसार क्षेत्रमा निर्माण कार्यमा प्रयोग भएको ग १ ख ८६८७ नम्बरको टिपर टिपरमा लोड भएको माटोसहित नगर प्रहरीले नियन्त्रणमा लिन खोज्दा विवाद सिर्जना भएको प्रहरीले उल्लेख गरेको छ ।

प्रहरीले घटनाको बारेमा थप अनुसन्धान भइरहेको जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button