पोखरामा जिपको ठक्करबाट युवकको मृत्यु

पोखरा, १४ जेठ । पोखरा महानगरपालिका-२५ हेम्जामा जिपको ठक्करबाट एक युवकको ज्यान गएको छ ।

हेम्जाको सुन्दरपुरी चोकमा लु ३ च ५१२ नम्बरको जिपले ठक्कर दिँदा अन्दाजी ३० वर्षीय युवकको मृत्यु भएको हो ।

शनिबार राति करिव ९ बजेको समयमा सडकमा घाइते अवस्थामा भेटिएका युवकलाई उपचारको लागि पश्चिमाञ्चल क्षेत्रिय अस्पताल पोखरामा लगिएकोमा चेक जाँचका क्रममा डाक्टरले मृत घोषणा गरेको कास्की प्रहरी प्रवक्ता, डिएसपी श्रवण कुमार विकले जानकारी दिए ।

डिएसपी विकका अनुसार मृतक युवकको हालसम्म सनाखत हुन सकेको छैन । प्रहरीले जिप र जिप चालकलाई नियन्त्रणमा लिएको जनाएको छ ।

सम्बन्धित न्यूज

Subscribe
Notify of
guest
0 प्रतिकिया
Inline Feedbacks
सबै प्रतिक्रिया हेर्नुहोस्
Back to top button