पोखरा आउँदै गरेको बस दुर्घटना, २१ जना घाइते

पोखरा, १६ जेठ । पोखरा आउँदै गरेको बस पृथ्वी राजमार्गमा दुर्घटना हुँदा २१ जना घाइते भएका छन् ।

काठमाडौंबाट पोखरा आउँदै गरेको ग १ ख ७७०१ नम्बरको बस चितवन इच्छाकामना गाउँपालिका-५ पानीधारामा मंगलबार दिउँसौ पौने ४ बजेतिर बस दुर्घटना भएको हो ।

दुर्घटनामा घाइते भएकामध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घाइतेमध्ये १७ जनाको पुरानो मेडिकल कलेजमा, तीन जनाको कुरिनटारको स्थानीय अस्पतालमा र एक जनाको नयाँ मेडिकल कलेजमा उपचार भइरहेको छ ।

बस अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button