पोखरामा ७८ एम्पुल लागूऔषधसहित युवक पक्राउ

पोखरा १७, जेठ । पोखरामा लागूऔषधसहित एक युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा अन्नपूर्ण गाउँपालिका ५ स्थायी घर भई पोखरा ५ धर्मस्थली मार्ग बस्ने ३० वर्षीय अनिल टुवाटो रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय कास्की र लागूऔषध नियन्त्रण ब्युरो पोखराबाट खटिएको संयुक्त प्रहरी टोलीले धर्मस्थलीबाट ७८ एम्पुल लागूऔषधसहित टुवाटोलाई नियन्त्रणमा लिएको हो ।

टुवाटोलाई डाईजापाम २६ एम्पुल, नुर्फिन २६ एम्पुल र फेनेरागन २६ एम्पुलसहित नियन्त्रणमा लिइएको कास्की प्रहरी प्रवक्ता, डिएसपी श्रवण कुमार विकले जानकारी दिए ।

टुवाटोमाथि जिल्ला अदालत कास्कीबाट लागूऔषध सम्बन्धी मुद्दामा सात दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाएको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button