पोखरामा मोटरसाइकल चोरी आरोपमा ३ बालक पक्राउ

पोखरा १९, जेठ । कास्की प्रहरीले मोटरसाइकल चोरी गरेको आरोपमा तीन बालकलाई नियन्त्रणमा लिएको छ ।

पोखरा महानगरपालिका २९ बाट मंगलबार राति तीनवटा मोटरसाइकल चोरेको अभियोगमा १८ वर्ष मुनिका ३ बालकलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

उनीहरुलाई हराएका ग ९ प ७४२५, ग ९ प २६३० र ग १६ प ९००६ नम्बरका तीन मोटरसाइकलसहित पोखरा ३३ बागमाराको भित्री सडक खन्डबाट नियन्त्रणमा लिइएको कास्की प्रहरी प्रवक्ता, डिएसपी श्रवण कुमार विकले जानकारी दिए ।

उनीहरुमाथि चोरी तथा डाँका सम्बन्धी मुद्दामा कास्की जिल्ला अदालतबाट पाँच दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button