तनहुँका केसीसहित ३ कर्मचारी सवारी दुर्घटनामा परेर बेपत्ता

तनहुँ, १९ जेठ । मध्यपहाडी लोकमार्गअन्तर्गत घुर्मी–खुर्कोट सडकखण्डको लौकुनबाट स्कारपियो गाडी सुनकोसी नदीमा खसेको छ।

भक्तपुरबाट खोटाङतर्फ जाँदै गरेको बा १ झ ७४६७ नम्बरको प्राविधि शिक्षा तथा व्यवसायीक तालिम परिषद् (सिटिइभिटी)को गाडी दुर्घटना हुँदा तीन कर्मचारी वेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा  गाडीमा सवार तनहुँ भानु नगरपालिका ९ का ५७ वर्षीय सिटिइभिटी निर्देशक, सहसचिव कृष्ण वहादुर केसी रहेका छन् ।

त्यस्तै योजना महाशाखा निर्देशक नवलपरासी प्रगती नगरपालिका ७ का ५६ वर्षीय यमप्रसाद घुर्तेल र विद्युत प्रशिक्षक ईलामका अन्दाजी ३०/३२ वर्षका भानु पौडेल बेपत्ता भएको सिन्धुली प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार चार जना सवार रहेको गाडीका चालक दाङका कृष्णबहादुर चौधरी पौडिर निस्कन सफल भएका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button