सुनको भाउमा प्रति तोला एक हजारको गिरावट

बिहीबार सुनको मूल्य तोलामा १ हजार रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख ११ हजार ७०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार १५० रुपैयाँ तय भएको छ । बिहीबार चाँदीको मूल्यमा प्रतितोला ५ रुपैयाँको गिरावट आएको छ । यससँगै चाँदीको प्रति तोला १४ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।

बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ७०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १२ हजार १५० रुपैयाँ कायम रहेको थियो । पछिल्लो समय लगातार वृद्धि भएको सुनको मूल्य अहिले पनि अल टाइम हाईको वरिपरि नै रहेको छ ।

सम्बन्धित न्यूज

Subscribe
Notify of
guest
0 प्रतिकिया
Inline Feedbacks
सबै प्रतिक्रिया हेर्नुहोस्
Back to top button