बालेनले राखे कार्यकक्षमा ग्रेटर नेपालको नक्सा

काठमाडौँ महानगरका मेयर बालेन शाहले आफ्नो कार्यकक्षको भित्तामा सुगौली सन्धी पूर्वको ग्रेटर नेपालको नक्सा राखेका छन् ।

भारतको संसदमा अखण्ड भारतको नक्सा राखिएको प्रतिक्रिया स्वरुप मेयरले बालेनले आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राख्न निर्देशन दिएको जनाइएको छ । बालेन भने अहिले भारत भ्रमणमै रहेको जनाइएको छ । यस अघि रहेको नेपालको थ्रिडी नक्सालाई हटाएर महानगरपालिकाले ग्रेटर नेपालको नक्सा बालेनको कुर्सी पछाडि राखेको छ ।

नेपालको कपिलवस्तुलगायत भूभाग समेटेर भारतले अखण्ड भारतको नक्सा संसदमा राखेको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button