पारित भयो गण्डकी प्रदेशको नीति तथा कार्यक्रम

Pगण्डकी प्रदेश सरकारले आगामी वर्षको लागि ल्याएको वार्षिक नीति तथा कार्यक्रम संसदबाट बहुमतले पारित भएको छ ।

छलफलका लागि जेठ २१ गते संसदमा पेश भएको नीति तथा कार्यक्रम तीन दिनको छलफल पछि आज बिहीबार पारित भएको हो । नीति तथा कार्यक्रममाथि उठेका प्रश्न माथि प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जवाफ दिएका थिए । सत्तारुढ दलका सांसदले नीति तथा कार्यक्रमको बचाउ गरेका थिए भने प्रतिपक्षी सांसदले योजनाहरु कि पुराना कि महत्वाकांक्षी भएको भन्दै आलोचना गरेका थिए ।

गण्डकी प्रदेशको नीति तथा कार्यक्रममा गाँजा खेतीको सम्भाव्यतादेखि विभिन्न सुरुङ मार्गको सम्भाव्यता अध्ययनका योजना समावेश गरिएको छ । यसैगरी सरकारले स्वास्थ्य, कृषि, शिक्षा र उत्पादनलाई पनि प्राथमिकता दिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button