लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम आज सार्वजनिक हुने

लुम्बिनी प्रदेश सरकारले आज नीति तथा कार्यक्रम सार्बजनिक गर्ने भएको छ ।

प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम आज सार्वजनिक गर्न लागेको हो । प्रदेश प्रमुख अमिक शेरचनले आज बिहान साढे ११ बस्ने प्रदेश सभाको बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने जनाइएको छ ।

यसपटक ‘हरेक घर–घरमा प्रदेश सरकार, हरेक गाउँमा प्रदेश सरकार’ नारासहित नीति तथा कार्यक्रम ल्याउन लागिएको छ । नीति तथा कार्यक्रम प्रस्तुत भएपश्चात विभिन्न सांसदले त्यस प्रति प्रतिक्रिया दिनेछन् र छलफल पछि बहुमत सांसदको समर्थन पाए नीति तथा कार्यक्रम पारित हुनेछ ।

सम्बन्धित न्यूज

Subscribe
Notify of
guest
0 प्रतिकिया
Inline Feedbacks
सबै प्रतिक्रिया हेर्नुहोस्
Back to top button