रिपब्लिक मिडियाको आइपिओमा आजदेखि आवेदन दिन सकिने

नेपाल रिपब्लिक मिडियाको आइपिओमा आज २६ गतेदेखि आवेदन दिन सकिने भएको छ ।

कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि ४ लाख ३५ हजार ३ सय कित्ता सेयर बिक्री गरिपछि बाँकी ३५ लाख २५ हजार ९३० कित्ताको लागि आवेदन खुला गरेको हो । यससँगै कम्पनीले आफ्नो जारी पुँजी ९६ करोड ७५ लाख रुपैयाँमध्ये ४३ करोड ५३ लाख रुपैयाँको आइपीओ बिक्री गर्नेछ ।

निष्कासित ४३ लाख ५३ हजार कित्ता सेयर मध्ये ४% ले हुन आउने १ लाख ७४ हजार १२० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ भने ५% ले हुन आउने २ लाख १७ हजार ६५० कित्ता सेयर सामूहिक लगानी कोषका लागि व्यवस्था गरिएको छ । लगानीकर्ताले यस आइपिओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५ सय कित्तासम्म आवेदन दिन सक्नेछन् ।

आवेदन जेठ ३० गतेसम्म दिन सकिनेछ । यस निष्कासनको बिक्री प्रबन्धक मेगा क्यापिटल रहेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button