५० हजार घुससहित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका कर्मचारी पक्राउ

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका मेडिकल ल्याब टेक्नोलोजिष्ट ५० हजार घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले प्रयोगशालामा काम गर्दै आएका लेखनाथ भट्टराईलाई शुक्रबार पक्राउ गरेको हो । भट्टराई अधिकृत छैटौं तहमा प्रयोगशालामा कार्यारत थिए । ल्याब दर्ता प्रक्रिया अगाडि बढाउन सहजीकरण गरिदिने भनेर सेवाग्राहीसँग ५० हजार नगद लिइसकेको अवस्थामा उनलाई नगदसहित आयोगको टोलीले पक्राउ गरेको हो ।

भट्टराई माथि अख्तियारले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button