रेमिटेन्स बढेको बढ्यौ, विदेशी विनिमय सञ्चिति पनि २०.९ प्रतिशतले वृद्धि

नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिबारे शुक्रबार जारी गरेको विवरणअनुसार गत वर्षको यस्तै अवधिको तुलनामा रेमिटेन्स २३.४ प्रतिशतले वृद्धि भएको छ ।

पछिल्लो विवरण अनुसार आर्थिक वर्ष २०७९/८० को १० महिनामा १० खर्ब ५ अर्ब १८ करोड रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ । यो भनेको प्रतिमहिना औसत एक खर्ब रेमिट्यान्स हो । रेमिटेन्स सँगसँगै वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या पनि ५१.४ प्रतिशतले बढेको छ । यस अवधिमा ४ लाख २१ हजार २ सय ७९ जना श्रमिक नयाँ श्रम स्वीकृति लिएर विदेश गएका छन् ।

यसैगरी राष्ट्र बैंकका अनुसार विदेशी विनिमय सञ्चितिमा पनि २०.९ प्रतिशतले वृद्धि भएको छ । उक्त सञ्चिति ११.२ महिनाको वस्तु आयात र ९.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहनेछ । २०७९ असार मसान्तमा ९ अर्ब ५४ करोड डलर सञ्चिति रहेकोमा २०८० वैशाख मसान्तमा १७.६ प्रतिशतले वृद्धि भई ११ अर्ब २१ करोड डलर कायम भएको छ ।

सम्बन्धित न्यूज

Subscribe
Notify of
guest
0 प्रतिकिया
Inline Feedbacks
सबै प्रतिक्रिया हेर्नुहोस्
Back to top button