प्रचण्डविरुद्ध सर्वोच्चमा दर्ता भयो बालसेना प्रयोग सम्बन्धि मुद्दा

सर्वोच्च अदालतले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध बाल सैनिकको प्रयोगसम्बन्धी रिट दर्ता गर्न आदेश दिएको छ ।

पूर्व बाल सैनिक लेलिन विष्टले माओवादी युद्धमा आफू जस्ता बाल सैनिक प्रयोग गरेको तथा युद्धविरामपश्चात अयोग्य ठहर्याई लडाकु शिविरबाट निकालेको भन्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।  तर सर्वोच्च प्रशासनले उक्त रिट दर्ता गर्न नमानेपछि विष्टले दरपीठविरुद्ध निवेदन दिएका थिए ।

शुक्रबार न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासले रिट दर्ता गर्न आदेश दिएको हो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button