गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनको माग राख्दै आइतबार सुदूरपश्चिम बन्द

कैलालीको गेटामा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनको माग गर्दै आइतबार सुदूरपश्चिम बन्दको घोषणा गरिएको छ ।

स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिले शुक्रबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै नयाँ विरोधका कार्यक्रम सार्वजनिक गर्दै सुदूरपश्चिम बन्दलगायतका कार्यक्रम घोषणा गरेको हो । संघर्ष समितिका अनुसार आइतबार बिहान ८ देखि साँझ ६ बजेसम्म सुदूरपश्चिम प्रदेशका शैक्षिक संस्था, वित्तीय संघ/संस्था तथा कलकारखाना, व्यापार र यातायात पूर्ण रुपमा बन्द गरिनेछ ।

सरकारको नीति तथा कार्यक्रममा गेटामा देशकै पहिलो मेडिकल विश्वविद्यालयका साटो प्रतिष्ठान बनाउन लागिएको भन्दै त्यहाँका स्थानीय आन्दोलित भएका हुन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button