गोरखामा पौडी खेल्ने क्रममा डुबेर बालकको मृत्यु

गोरखामा पौडी खेल्ने क्रममा डुबेर बालकको मृत्यु भएको छ ।

गोरखाको पदेलीस्थित रानीपोखरीमा डुबेर आठ वर्षीय बालकको मृत्यु भएको हो । मृत्यु हुनेमा धार्चे गाउँपालिका–५ सिङ्लाका मनिष गुरुङ रहेको प्रहरीले जनाएको छ ।

शुक्रबार करिब पाँचबजे गुरुङसहित चार जना पोखरीमा पौडी खेल्न गएकोमा पोखरीमा डुबेर गुरुङ उत्रन नसकेपछि साथीहरूले हारगुहार गरेका थिए ।

स्थानीय र प्रहरीको सहयोगमा गुरुङलाई पोखरीबाट निकालेर गोरखा अस्पताल लगिए लगत्तै चिकित्सकले बालकलाई मृत घोषित गरेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button