प्रधानमन्त्री दाहालले गरे पशुपति क्षेत्रको अवलोकन

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज साँझ पशुपति क्षेत्रको निरीक्षण अवलोकन गरेका छन् ।

सो क्रममा प्रधानमन्त्रीले पशुपति मन्दिरको पनि दर्शन तथा अवलोकन गरेका थिए । उनलाई उक्त क्षेत्रको पुरातात्विक, सांस्कृतिक, धार्मिक महत्वका बारेमा पशुपति क्षेत्र विकास कोषका पदाधिकारीहरुले जानकारी गराएका थिए । प्रधानमन्त्रीले विश्व सम्पदाका रुपमा रहेको पशुपति क्षेत्रलाई अझै व्यवस्थित गरी धार्मिक पर्यटनमा ठूलो टेवा मिल्ने बताए ।

अवलोकनमा अर्थमन्त्री प्रकाश शरण महत, परराष्ट्र मन्त्री एनपी साउद, उर्जा मन्त्री शक्ति बस्नेत, पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीलगायत पनि सहभागी थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button