मन्दिरमा वायरिङ गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

नुवाकोटमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । तादी गाउँपालिका-४ ढाँडेमा रहेको शिवमन्दिरमा बिजुलीको तार वायरिङ गर्ने क्रममा करेन्ट लागेर ती युवकको मृत्यु भएको हो ।

घटनामा थप एक जना घाइते भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा स्थानीय २९ वर्षीय सुमन तामाङ रहेका छन् भने घाइते हुनेमा १८ वर्षीय सरोज मिजार भएको इलाका प्रहरी कार्यालय खरानीटारले जनाएको छ ।

तामाङको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल त्रिशूली लगिएको छ । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Subscribe
Notify of
guest
0 प्रतिकिया
Inline Feedbacks
सबै प्रतिक्रिया हेर्नुहोस्
Back to top button