राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना चीन प्रस्थान

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना औपचारिक भ्रमणका लागि शनिबार मध्यराति चीन प्रस्थान गरेका छन् ।

तिब्बतको ल्हासामा हुन लागेको पाँचौ चाइना तिब्बत पर्यटन तथा संस्कृति एक्स्पोमा भाग लिन ९ सदस्यीय टोलीसहित उनी चीनतर्फ लागेका हुन् । तिब्बतमा जुन १६ र १७ मा आयोजना हुने एक्स्पोलाई अध्यक्ष तिमिल्सिनाले प्रमुख अतिथिको रुपमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

भ्रमण टोलीमा प्रतिनिधि सभाका सदस्यहरू जीवन परियार, धवल शमशेर राणा, प्रदिप यादव तथा राष्ट्रिय सभाका सदस्यहरू उदयबहादुर बोहरा, दिपा गुरुङ र हरिराम चौधरी एवं अध्यक्ष तिमिल्सिनाका प्रमुख स्वकीय सचिव गोविन्द अकेला पौडेल र संघीय संसद सचिवालयका उपसचिव रामहरि थापा रहेका छन् ।

भ्रमण सम्पन्न गरि टोली २१ जुन २०२३ मा नेपाल फर्कने संघीय संसद सचिवालयले जनाएको छ ।

सम्बन्धित न्यूज

Subscribe
Notify of
guest
0 प्रतिकिया
Inline Feedbacks
सबै प्रतिक्रिया हेर्नुहोस्
Back to top button