कालीकोटमा जीप दुर्घटना हुँदा चालकसहित तीनको मृत्यु

कालीकोटमा बोलेरो जिप दुर्घटना हुँदा चालकसहित तीनजनाको मृत्यु भएको छ ।

शनिबार राती करिब ११ बजे शुभकालिका गाउँपालिकाको चौकी बजारबाट हाउडी आउँदै गरेको जीप चिसापानीमा दुर्घटनाग्रस्त भएको थियो । लु १ च८४९८ नम्बरको जिप सडकबाट अन्दाजी डेढ सय मिटर तल खस्दा जिप चालक स्थानीय ३० वर्षीय हर्क कामी, शुभकालिका गाउँपालिका– ८ का ३१ वर्षीय रामबहादुर शाही र दैलेख नौमुले घर भएका अन्दाजी २५ वर्षीय गोपाल सलामी मगरको मृत्यु भएको हो ।

दुर्घटना कारण नखुलेको प्रहरीले जनाएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको पनि प्रहरीको भनाई छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button