रुपन्देहीमा जीप पोलमा ठोक्कियो, चालकको मृत्यु

रूपन्देहीको तिलोत्तमामा जीप पोलमा ठोँक्किदा जीप चालकको मृत्यु भएको छ ।

तिलोत्तमा नगरपालिका- ३ शान्तिकुञ्जमा भएको दुर्घटनामा अर्घाखाँची छत्रगञ्ज गाउँपालिका-८ घर भएका ३२ वर्षीय विकास श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ । शनिबार राती भैरहवाबाट बुटवल आउँदै गरेको उक्त जीप दुर्घटनाग्रस्त हुँदा थप पाँच जना घाइते भएका छन् ।

दुर्घटनामा घाइते हुनेमा ३१ वर्षीय विज्ञान श्रेष्ठ, ४९ वर्षीय सुरेन्द्र श्रेष्ठ, १८ वर्षीय विप्लव श्रेष्ठ, १७ वर्षीय सुदर्शन श्रेष्ठ र ३५ वर्षीय विशाल पन्थी रहेका छन् । उनीहरुको बुटवलको चौराहा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button