कास्कीको फेवातालमा शनिबार सरसफाइ कार्यक्रम

कास्कीको फेवातालमा शनिबार सरसफाइ कार्यक्रम आयोजना गरिएको छ ।

वातावरण संरक्षणका लागि महाअभियान कास्कीको आयोजनामा फेवाताल संरक्षण अभियान अन्तर्गत सरसफाइ कार्यक्रम गरिएको हो । अभियान अन्तर्गत फेवातालको माथिल्लो भागमा सरसफाइ गरिएको हो । सो क्रममा एक ट्रक प्लास्टिकजन्य फोहोर सङ्कलन गरिएको छ ।

कार्यक्रमअन्तर्गत पोखरा-१८ खापौदी क्षेत्रको ताल सरसफाई गरिएको हो । सरसफाई अभियानमा नेपाल प्रहरी, मासवारस्थित मदरल्याण्ड माविका विद्यार्थी, स्थानीय जलारी समुदाय, विभिन्न आमा समूह लगायतका उपस्थिति रहेको थियो ।

सम्बन्धित न्यूज

Subscribe
Notify of
guest
0 प्रतिकिया
Inline Feedbacks
सबै प्रतिक्रिया हेर्नुहोस्
Back to top button