कालीगण्डकीमा नुहाउन गएका दुई युवक बेपत्ता

कालीगण्डकी नदीमा नुहाउन गएका दुई युवक डुबेर बेपत्ता भएका छन् ।

नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैंडाकोट नगरपालिका-३ हर्दी केलादीस्थित कालीगण्डकी नदीमा नुहाउन गएका दुई युवक बेपत्ता भएका हुन् । बेपत्ता हुनेमा गैंडाकोट नगरपालिका-२ शिलन्यास चोक बस्ने २५ वर्षीय रमेश चालिसे र चितवनको रत्ननगर नगरपालिका–२ टाँडी बस्ने २४ वर्षीय सुरज सुवेदी रहेका छन् ।

उनीहरुको खोजीका लागि इलाका प्रहरी कार्यालय गैँडाकोट र सशस्त्र प्रहरी बलको टोली परिचालन गरिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Subscribe
Notify of
guest
0 प्रतिकिया
Inline Feedbacks
सबै प्रतिक्रिया हेर्नुहोस्
Back to top button