बाख्रा चराउन गएका बालकको ढुङ्गाले लागेर मृत्यु

हुम्लामा बाख्रा चराउन गएका बालकको ढुङ्गाले लागेर मृत्यु भएको छ ।

शनिबार साँझ माथिबाट खसेको ढुङ्गाले लागेर सर्केगाड गाउँपालिका–८ राहदेव घर भएका १० वर्षीय भूपेन्द्र रोकायाको मृत्यु भएको हो । उनीसँगै गएका सोही स्थानका ११ वर्षीय सनिल ऐडी घाइते भएका छन् । दाहिने हात भाँचिएका एडीको राहदेव स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

रोकायाको भने घटनास्थल मै मृत्यु भएको प्रहरीको भनाई छ । घटना बारे थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button