पोखरामा स्वीमिङ पुलमा डुबेर बालकको मृत्यु

पोखराको बाटुलेचौरस्थित स्वीमिङ पुलमा डुबेर एक बालकको मृत्यु भएको छ ।

शनिबार साँझ करिब ६ बजे स्वीमिङ पुलमा डुबेका एनेक्स थापाको मृत्यु भएको हो । पोखरा-८ दीप घर भएका १० वर्षीय थापालाई पुलबाट निकालेर स्थानीय दीप अस्पताल लगिएको थियो । बालकलाई साँझ ७:१५ बजे चिकित्सकले मृत घोषणा गरेका थिए ।

बालकको उद्धारका वडा प्रहरी कार्यालय बगरको टोली र स्थानीय पुगेका थिए । घटना बारे स्वीमिङ पुल सञ्चालकमाथि छानविन भइरहेको जनाइएको छ । गर्मी छल्न पोखरी, स्वीमिङ पुल, नदीमा पौडी खेल्न जानेक्रममा केही दिनयता डुबेर मर्नेको संख्या ह्वात्तै बढेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button