पोखरा प्रदर्शनी केन्द्रमा विज्ञान प्रविधि महोत्सव हुने

जेठ ३१ र ३२ गते पोखराको प्रदर्शनी केन्द्रमा विज्ञान प्रविधि महोत्सव हुने भएको छ । हिमालयन साईन्स फाउण्डेशन र विज्ञान शिक्षक समाजको सहआयोजनामा गण्डकी प्रदेश स्तरीय विज्ञान प्रविधि महोत्सवको आयोजना गर्न लागिएको हो ।

विद्यालयस्तरदेखि नै विद्यार्थीलाई खोज तथा अनुसन्धानमा अभिप्रेरित गर्ने उद्देश्यले विज्ञान प्रविधि महोत्सवको आयोजना गर्न लागिएको हिमालय साईन्स फाउण्डेशनका अध्यक्ष आतंक बस्नेतले जानकारी गराए । बस्नेतका अनुसार महोत्सवको सम्पूर्ण तयारी पुरा भएको छ। । गण्डकी प्रदेशका विभिन्न जिल्लाका विद्यालयबाट आएका विद्यार्थीले मानव जीवनका विभिन्न समस्याहरुलाई कसरी वैज्ञानिक प्रविधिद्वारा समाधान गर्न सकिन्छ भन्ने समाधानका साथ महोत्सवमा प्रस्तुत हुने उनले बताए ।

गण्डकी प्रदेशको राजधानी पोखरामा यस्तो महोत्सवको आयोजना पहिलो पटक हुन लागेको दाबी उनको छ । यस अघि लुम्बिनी प्रदेशमा विज्ञान प्रविधि महोत्सवको आयोजना गरिएको थियो ।२०७६ बाट उक्त महोत्सवको आयोजना गर्न थालिए पनि कोरोना महामारीले निरन्तरतामा समस्या आएको बस्नेतले बताए । पोखरामा हुने विज्ञान प्रविधि महोत्सवबाट धेरैले लाभ लिनेमा उनी आशावादी छन् ।

कार्यक्रमलाई सफल पार्न विभिन्न संघसंस्थाहरुले सहयोग गरेका छन् । जसमा मुख्य प्रायोजनमा वालाविज एजुकेशन सर्भिसेजले साथ दिएको छ । गण्डकी प्रोभिन्स एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजीको सहप्रायोजनमा आयोजना भएको उक्त महोत्सवलाई अनलाईन एजुकेशन पार्टनरको रुपमा एम्बिसन गुरुले साथ दिएको छ भने इन्टरनेट पार्टनरको रुपमा भायानेटले साथ दिएको छ । स्वास्थ्य सेवा पार्टनरको रुपमा टेककेएर र स्टिम एजुकेशन पार्टनरका रुपमा कारखानाले साथ दिएको बस्नेतले जानकारी गराएका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button