चितवनमा गैंडाको आक्रमणबाट एक जनाको मृत्यु

चितवनमा गैंडाको आक्रमणबाट एक पुरुषको मृत्यु भएको छ ।
चितवनको भरतपुर महानगरपालिका–२३ ध्रुवघाट जगतपुर घर भएका झन्डिल बोटेको गैंडाको आक्रमणबाट मृत्यु भएको हो । ६० वर्षीय बोटेलाई हरियाली मध्यवर्ती सामुदायिक वनमा निगुरो टिप्ने गएका बेला गैंडाले आक्रमण गरेको थियो ।
आक्रमणबाट उनको घटनास्थल मै मृत्यु भएको प्रहरीले जनाएको छ ।