अस्ट्रेलियामा जन्ती बस दुर्घटना, १० जनाको मृत्यु

अस्ट्रेलियामा बिहेका पाहुना बोकेको बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ ।

न्युसाउथ वेल्सको राज्यको ग्रेटा शहरमा राती करिब ११:३० बजे भएको दुर्घटनामा १० जनाले ज्यान गुमाउनुका साथै थप २५ जना घाइते भएका छन् । वान्डिन स्टेटमा बिहे मनाएर सिङ्गलटनमा बास बस्न जाँदै गरेका पाहुनाहरु दुर्घटनामा परेका हुन् । गम्भीर घाइतेलाई हेलिकप्टरमार्फत उद्धार गरि अस्पताल लगिएको जनाइएको छ ।

दुर्घटना पछि प्रहरीले ५८ वर्षीय चालकलाई पक्राउ गरेको छ । घटनामा चालकको लापरबाही बारे थप अनुसन्धान भइरहेको अस्ट्रेलियन प्रहरीलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले लेखेका छन् ।

सम्बन्धित न्यूज

Subscribe
Notify of
guest
0 प्रतिकिया
Inline Feedbacks
सबै प्रतिक्रिया हेर्नुहोस्
Back to top button