प्रस्तावित प्रधानन्यायाधीशको सुनुवाई जेठ ३२ गते हुने

प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध परेका २९ उजुरीको सुनुवाइ जेठ ३२ गते हुने भएको छ ।

संसदीय सुनुवाइ समितिको बैठकमा पेस भएको कार्य योजना अनुसार ३१ गते बुधबार उजुरीकर्ताहरुसँग छलफल गर्ने र ३२ गते बिहीबार कार्कीको सुनुवाइ गरिनेछ ।

कार्कीलाई संवैधानिक परिषद्ले गत वैशाख २५ गते प्रधानन्यायाधीशका लागि सिफारिस गरेको थियो । कार्की केपी शर्मा ओली नेतृत्वको सरकारमा महान्यायाधिवक्ता रहेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button